नेप्से नयाँ उचाईमा, कारोबार रकममा पनि सुधार

Apr 12, 2021 03:27 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से नयाँ उचाइमा पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २.७४ अंक बढेर २६७४.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन १७.२० अंक बढेर २६९१.५५ विन्दुमा बन्द भएको छ।

यो हालसम्मकै उच्च विन्दु हो। यस अघि नेप्सेले गत साताको मंगलबार २६७४.४७ विन्दुमा पुगि नयाँ अलटाइम हाइ बनाएको थियो। यस दिन नेप्सेले सो अलटाइम हाइलाई तोड्दै नयाँ अलटाइम हाइ बनाएको हो।

यस दिन नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा यस दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन बजारमा २१६ कम्पनीको ८० हजार ९५९ पटकको कारोबारमा ७ अर्ब ६१ करोड ८ लाख २८ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएपछि लगानीकर्ताहरु उत्साहित भएका छन्।

यस दिन कारोबारमा आएका ५ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोमबार एनआईसी एशिया लघुवित्त, महिला लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंकको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन अधिकांश जलविद्युत कम्पनीहरुको शेयरमूल्य घटेको छ। सर्वाधिक शेयरमूल्य घटेका १० कम्पनीहरुको सूचीमा ८ जलविद्युत कम्पनीहरु रहेका छन्। जसमध्ये साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ४.४१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक लिमिटेड अगाडि रहेको छ। सो बैंकको यस दिन २५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल बैंकको २० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ६ उपसमूहको परिसूचक घटेका छन्। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.६४ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका व्यापार, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहका परिसूचक भने यस दिन १ प्रतिशतभन्दा बढी घटेका छन्।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।