सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना सार्वजनिक, अनलाइनबाटै बीमालेख खरिद गर्न सकिने

Apr 13, 2021 03:11 PM Merolagani



सगरमाथा इन्स्योरेन्स (SIC) ले सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमबीच बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले संयुक्त रूपमा उक्त बीमा योजनाको शुभारम्भ गरेका हुन् ।

यस बीमा योजनामा व्यक्तिगत दुर्घटना बीमा, सामान्य स्वस्थ्य बीमा र गम्भिर प्रकारको रोगको जोखिम बहन हुनेछ । व्यक्तिगत दुर्घटना बीमामा ७ देखि १० लाख रुपैयाँ, सामान्य स्वास्थ्य बीमामा न्युनतम १ लाख देखि ५ लाख रुपैयाँसम्म र गम्भिर प्रकृतिका १८ रोगका लागि एक देखि १० लाख रुपैयाँसम्मको जोखिम बहन हुनेछ । 

बीमितले वार्षिक १६ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरेपछि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, एक लाख रुपैयाँको स्वास्थ्य उपचार बीमा र एक लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिमको बीमा हुने कम्पनीले जनाएको छ ।

 

यदि बीमितले वार्षिक ३ हजार रुपैयाँ भुक्तानी गरे १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमा र दुई लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका रोगका बीमा सुविधा प्राप्त हुनेछ ।

कम्पनीको यो बीमालेख बैशाख २ गते देखि बिक्री शुरु हुनेछ । उक्त बीमालेख अनलाईन तथा सबै शाखा कार्यलयहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको मोवइल एप मार्पmत बीमालेख खरिद गर्न तथा दाबी समेत गर्न सकिनेछ ।

 




नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM

'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।