बीमा क्षेत्रको विस्तार ५० वर्षमा घिस्रेर २३ प्रतिशतमा पुग्योः बीमा समिति अध्यक्ष सिलवाल

Apr 13, 2021 04:52 PM Merolagani



बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्र विस्तार घिस्रेर अघि बढिरहेको बताएका छन् । मंगलबार सगरमाथा इन्स्योरेन्स बीमालेख सार्वजनिक कार्यक्रममा बोल्दै उनले बीमा विस्तार घिस्रिदै अघि बढीरहेको बताएका हुन् ।

उनले बीमा क्षेत्र ५० वर्षमा लड्दै, घिस्रिदै बल्ल २३ प्रतिशत जनसंख्यामा पुगेको जानकारी गराए । बैंकको पहुँच ८० प्रतिशतमा पुग्दा पनि बीमा कम्पनीहरु भने अझै शहर केन्द्रित भएको आरोप लगाए ।

‘बीमा काठमाडौँमा मात्रै हुने हो ? यहि मात्रै मान्छे बस्छन् ? यहि मात्रै सम्पत्ति हुन्छ भन्ने त पक्कै नहोला’ उनले भने । बीमा क्षेत्रको दायरा विस्तारको लागि गाँउ गाँउमा पुगेर स्थानिय जनप्रतिनिधिहरुसंग छलफल गर्नुपर्नेमा जोड दिए ।

यस्तै उनले निर्जीवन बीमा क्षेत्रतर्फ ठुला ठुला समस्याहरु, कानूनलाई उल्लघन गरि काम भईरहेको पनि औल्याए । उधारोमा बीमा गर्ने, प्राइस कटिङ, दाबी भुक्तानी तत्काल नहुने, ठुला ठुला भुक्तानीमा अटेर गर्ने समस्या निर्जीवन बीमा कम्पनीमा रहेको भन्दै बीमा कम्पनीहरुलाई अटेर नगर्न उनले चेतावनी दिए ।

केहि बीमा कम्पनीहरुले उधारो बीमाको अभ्यास गरेको देखिएको भन्दै उनले जबसम्म पैसा हुँदैन तब सम्म पोलिसी जारी हुन नसक्ने ऐनमा व्यवस्था रहेको तर्फ सचेत गराए । यस्तै निर्जीवन बीमा कम्पनीमा भुक्तानीमा मिलेमत्तोको समस्या देखिएको बताए ।

बीमा कम्पनीहरुको देखिएको त्यस्तो कमीकमजोरीहरुलाई थप व्यवस्थित बनाउनका विभिन्न निर्देशिका जारी गरेको पनि उनले जानकारी गराए ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।