बीमा क्षेत्रको विस्तार ५० वर्षमा घिस्रेर २३ प्रतिशतमा पुग्योः बीमा समिति अध्यक्ष सिलवाल

Apr 13, 2021 04:52 PM Merolagani



बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्र विस्तार घिस्रेर अघि बढिरहेको बताएका छन् । मंगलबार सगरमाथा इन्स्योरेन्स बीमालेख सार्वजनिक कार्यक्रममा बोल्दै उनले बीमा विस्तार घिस्रिदै अघि बढीरहेको बताएका हुन् ।

उनले बीमा क्षेत्र ५० वर्षमा लड्दै, घिस्रिदै बल्ल २३ प्रतिशत जनसंख्यामा पुगेको जानकारी गराए । बैंकको पहुँच ८० प्रतिशतमा पुग्दा पनि बीमा कम्पनीहरु भने अझै शहर केन्द्रित भएको आरोप लगाए ।

‘बीमा काठमाडौँमा मात्रै हुने हो ? यहि मात्रै मान्छे बस्छन् ? यहि मात्रै सम्पत्ति हुन्छ भन्ने त पक्कै नहोला’ उनले भने । बीमा क्षेत्रको दायरा विस्तारको लागि गाँउ गाँउमा पुगेर स्थानिय जनप्रतिनिधिहरुसंग छलफल गर्नुपर्नेमा जोड दिए ।

यस्तै उनले निर्जीवन बीमा क्षेत्रतर्फ ठुला ठुला समस्याहरु, कानूनलाई उल्लघन गरि काम भईरहेको पनि औल्याए । उधारोमा बीमा गर्ने, प्राइस कटिङ, दाबी भुक्तानी तत्काल नहुने, ठुला ठुला भुक्तानीमा अटेर गर्ने समस्या निर्जीवन बीमा कम्पनीमा रहेको भन्दै बीमा कम्पनीहरुलाई अटेर नगर्न उनले चेतावनी दिए ।

केहि बीमा कम्पनीहरुले उधारो बीमाको अभ्यास गरेको देखिएको भन्दै उनले जबसम्म पैसा हुँदैन तब सम्म पोलिसी जारी हुन नसक्ने ऐनमा व्यवस्था रहेको तर्फ सचेत गराए । यस्तै निर्जीवन बीमा कम्पनीमा भुक्तानीमा मिलेमत्तोको समस्या देखिएको बताए ।

बीमा कम्पनीहरुको देखिएको त्यस्तो कमीकमजोरीहरुलाई थप व्यवस्थित बनाउनका विभिन्न निर्देशिका जारी गरेको पनि उनले जानकारी गराए ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।