युनियन लाइफ इन्स्योरेन्स बोनस दर सार्वजनिक, बीमितले ७२ रुपैयाँसम्म बोनस पाउने

Apr 15, 2021 02:01 PM Merolagani



युनियन लाइफ इन्स्योरेन्स ले आर्थिक वर्ष २०७५/७६ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट चैत २० गते स्वीकृति पाएपछि बीमितले पाउने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७६ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमाङ्कका रकममा वोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजना अन्र्तगत बीमा अवधिको आधारमा बीमितले प्रतिहजार न्युनतम ३० रुपैयाँ देखि ७० रुपैयाँसम्म पाउनेछ् ।

सिमिति भुक्तानी सावधिक जीवन बीमा योजनामा (एकल) मा न्युनतम २७ रुपैयाँ देखि ४० रुपैयाँ, सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा न्युनतम ३० रुपैयाँ देखि ३० रुपैयाँ र सावधिक तथा आजीवन जीवन बीमा योजनामा न्युनतम ४२ रुपैयाँ देखि ७२ रुपैयाँसम्म बोनस पाउनेछन् ।

यस्तै सिमित भुक्तानी सार्वधिक तथा आजीवन जीवन बीमा योजनाका सबै वर्षका बीमालेखमा प्रतिहजार ५० रुपैयाँका दरले बोनस पाउनेछन् ।

वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना अन्र्तगत बीमा अवधिको आधारमा न्युनतम २० रुपैयाँ देखि २८ रुपैयाँ र अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा न्युनतम २५ रुपैयाँ देखि ४० रुपैयाँ बोनस पाउनेछन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूणर् वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागु हुने कम्पनीले जनाएको छ ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।