रु रु जलविद्युतको आईपीओ बाँडफाँट

Apr 16, 2021 09:08 AM Merolagani



बैशाख ३ गते, शुक्रबार, रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको थियो। जसमध्ये ८ हजार ५३५ आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ। अर्थात भाग्यमानी ३७ हजार ९१६ जना आवेदकले कम्पनीको १० कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो।

कुल निष्काशनमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुलाइ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता शेयर मात्रै वितरण हुनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।