नयाँ वर्ष लागेसँगै सुनचाँदीको मूल्य उकालो लाग्दै, शुक्रबार सुन तोलामा ७०० रुपैयाँ बढ्याे

Apr 16, 2021 11:57 AM Merolagani



नयाँ वर्ष लागेसँगै सुनचाँदीको मूल्य लगातार उकालो लाग्न थालेको छ। वैशाख ३ गते, शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको छ।

यस दिन छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला ३०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ।

साताभरमा सुन तोलामा ६०० रुपैयाँले बढेको छ। अघिल्लो साताको शुक्रबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। महासंघको तथ्यांकका अनुसार त्यसपछि भने सुन निरन्तर वृद्धि भएको देखिन्छ।

शुक्रबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ। यस दिन चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि चाँदी तोलामा ३० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २९० रुपैयाँमा काराेबार भएकाे थियो।

यस साता चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ। चैत २७ गते, शुक्रबार चाँदी प्रतितोला एक हजार २८० रुपैयाँ तोकिएको थियो। त्यसयताका कारोबार दिनमा चाँदीको भाउमा सामान्य उतारचढाव देखिएको थियो।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।