आयल निगमले लागू गर्यो ईआरपी प्रणाली, पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण हुने

Apr 16, 2021 12:08 PM Merolagani



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको ढुवानीमा चुहावट नियन्त्रण गर्न इन्टरप्राइज रिसोर्से प्लानिङ (ईआरपी) प्रणाली लागू गरेको छ ।

शुक्रबारदेखि आयल निगमले परीक्षणको अभ्यास गरी यो प्रणालीलाई कार्यान्वयनमा ल्याएको हो ।

निगमले २५ करोड रुपैयाँ लागतमा स्थापना गरिएको ईआरपी प्रणालीबाट पेट्रोलिय पदार्थको ढुवानीको अनुगमन र नियमन प्रभावकारी हुने बताएको छ ।

पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानीलाई न्यूनीकरण गर्न पनि निगमले ईआरपी प्रणालीबाट काम गर्ने छ ।

यो प्रणालीबाट निगमका सम्पूर्ण कार्यहरु विद्युतीय प्रणालीमा लगिने निगमको भनाइ छ ।

कसरी काम गर्छ ?

ईआरपी प्रणालीअन्तर्गत निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करहरूलाई इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमबाट जीपीएस प्रणालीमा लैजाने छ ।

जसले गर्दा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी हुनेछ ।
त्यस्तै सफ्टवेयरबाटै ट्याङ्करको रुट, समय तथा यात्राको रेकर्ड निगरानी हुनेछ । भारतबाट पेट्रोलियम पदार्थ भरेर नेपाल आउने ट्याङ्करलाई पनि यही प्रविधिमा समेटेर निगरानी गरिने छ ।

ढुवानीमा रहेका ट्याङ्करलाई प्रत्यक्ष निगरानी गरिने भएकाले चुहावट र मिसावट नियन्त्रण हुने निगमले जनाएको छ ।

सुरक्षा र निगरानी बढाए पनि पेट्रोलियम पदार्थको चोरी, नोक्सानी र मिसावटको चुनौतीबाट मुक्त हुन नसकेपछि निगमले ईआरपी प्रणाली लागू गर्न बाध्य भएको हो ।

यसअघि चुहावट नियन्त्रण गर्न निगमले लकिङ सिस्टमको पनि व्यवस्था गरेको थियो ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।