चालु आर्थिक वर्षमा ६ खर्ब ७० अर्बले बढ्यो बैंकहरुको कर्जा लगानी, कुन बैंकले कति बढाए ?

Apr 16, 2021 01:52 PM Merolagani

रबिन पाैडेल

चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरुको कर्जा लगानी साढे ६ खर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ। नेपाल बैंकर्स सँघको तथ्याँक अनुसार चैतसम्ममा बैंकहरुको कर्जा लगानी ६ खर्ब ७० अर्ब रुपैयाँले बढेको छ।

चैत मसान्तसम्ममा २७ वटा वाणिज्य बैंकहरुले ३५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। गत असारसम्ममा बैंकहरुको कर्जा लगानी २९ खर्ब ३ अर्ब रुपैयाँ मात्रै थियो। यस अवधिमा कर्जा लगानी २३ प्रतिशतले बढेको छ।

  • गत वर्षभन्दा कर्जा विस्तार उच्च

चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको भन्दा कर्जाको बृद्धिदर उच्च देखिएको छ। बैंकर्स सँघको तथ्याँक अनुसार गत आर्थिक वर्षकोभन्दा दोब्बर देखिएको छ।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा ३ खर्ब रुपैयाँले मात्रै बढेको कर्जा लगानी यस वर्ष कर्जा लगानी ६ खर्ब भन्दा धेरैले बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुले २४ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए।

कोराेना महामारीपछि अर्थतन्त्र चलायमान हुन थालेसँगै आयात पनि ह्वातै बढेको छ भने अन्य क्षेत्रमा पनि कर्जाको माग बढेको छ। पछिल्लो समय बैकहरु कर्जा लगानीमा एग्रेसिभ देखिएका छन् । 

  • निक्षेपको बृद्धिदर पनि यस वर्ष धेरै

बैंकहरुको निक्षेप संकलन पनि गत आर्थिक वर्षको तुलनामा धेरै देखिएको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनामा ३ खर्ब ९२ अर्ब रुपैयाँले बढेको निक्षेप संकलन यस वर्ष ४ खर्ब ५४ करोड रुपैयाँले बढेको छ।

गत वर्षको अन्त्यसम्ममा ३४ खर्ब ८९ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन बढेर ३९ खर्ब ४४ करोड रुपैयाँ पुगेको छ। जुन १३ प्रतिशतले बढेको हो।

 

  • सबैभन्दा धेरै बिजनेस बढाउनेमा एनआइसि एशिया

यस अवधिमा सबैभन्दा धेरै बिजनेस बढाउने बैंकको पहिलो नम्बरमा एनआइसि एशिया बैंक रहेको छ। चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ८६ अर्ब २५ करोड रुपैयाँ बराबरले कर्जा बढाएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ खर्ब ५९ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको निक्षेप संकलन पनि सबैभन्दा धेरै रहेको छ। चैत मसान्तसम्ममा बैंकले कुल २ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। चालु आर्थिक वर्षमा नै बैंकको कर्जा तथा निक्षेप संकलन ८४ अर्ब ७७ करोड रुपैयाँले बढेको छ।

  • कर्जा लगानीमा स्ट्यान्डर्ड चाटर्ड बैंक सुस्त

पछिल्लो समय कर्जा लगानीमा पनि स्ट्यान्डर्ड चाटर्ड बैंक सुस्त देखिएको छ। तथ्याँक अनुसार बैंकले चालु आर्थिक वर्षमा ६ अर्ब ७९ करोड रुपैयाँले मात्रै कर्जा लगानी बढाएको छ। जुन वाणिज्य बैंकहरु मध्यकै सबैभन्दा कम हो।

यसैगरी, नेपाल बंलालादेश बैंकले पनि ७ अर्ब ४२ करोड रुपैयाँले मात्रै कर्जा लगानी बढाएको छ भने नेपाल एसविआई बैंकले ७ अर्ब ४७ करोड र एभरेष्ट बैंकले ८ अर्ब ३९ करोड रुपैयाँले बढाएको छ।

  • तीन बैंकको निक्षेप संकलन घट्यो

चालु आर्थिक वर्षको ९ महिनामा ३ बैंकको भने निक्षेप संकलन घटेको छ। बैंकर्स सँघको तथ्याँक अनुसार स्ट्यान्डर्ड चाटर्ड बैंक, नेपाल एसविआई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप संकलन घटेको छ।

चालु आर्थिक वर्षको ९ महिनामा स्ट्यान्डर्ड चाटर्ड बैंकको निक्षेप संकलन ९९ अर्ब ११ करोडबाट घटेर ८४ अर्ब १० अर्ब रुपैयाँमा झरेको छ भने नेपाल एसविआई बैंकको १ खर्ब १० अर्ब ४० करोडबाट घटेर १ खर्ब १ अर्ब १६ करोड रुपैयाँमा झरेको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पनि १ खर्ब ६८ अर्ब ५९ करोड रुपैयाँबाट घटेर १ खर्ब ६७ अर्ब ७३ करोड रुपैयाँमा झरेको छ। अन्य बैंकको भने निक्षेप संकलन बढ्दो क्रममा देखिएको छ।

  • अन्य बैंकमा निक्षेप र कर्जाको अवस्था कस्तो हेरौँ

यस अवधिमा २७ वाणिज्य बैंकको कर्जा लगानी औसतमा २४ अर्ब रुपैयाँले बढेको छ। यस अवधिमा ७ बैंकको कर्जा लगानी ३० अर्ब रुपैयाँभन्दा धेरैले बढेको छ।

त्यस्तै निक्षेप संकलन पनि औसतमा १६ अर्ब रुपैयाँले बढेको छ। जसमा ४ बैंकको निक्षेप संकलन ३० अर्ब रुपैयाँभन्दा धेरैले बढेको छ।

प्रतिशतका आधारमा हेर्ने हो भने सिभिल बैंकले यस अवधिमा कर्जा लगानी सबैभन्दा धेरै बढाएको छ। ९ महिनामा बैंकले कर्जा लगानी ५१ प्रतिशतले बढेको छ। त्यसैगरी निक्षेप ४६ प्रतिशतले बढाएको छ।

 Amount In Billions

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।