अभिकर्तालाई अनाधिकृत रुपमा कर्जा नदिन बीमा समितिको निर्देशन

Apr 16, 2021 05:31 PM Merolagani



बीमा समितिले अभिकर्ताहरुलाई अनाधिकृत रुपमा कर्जा प्रवाह नगर्न निर्देशन दिएको छ । समितिले जीवन बीमा कम्पनीलाई  सर्कुलर जारी गर्दै अभिकर्ताहरुलाई कर्जा नदिन निर्देशन दिएको हो ।

समितिले बीमालेख धितो र बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई हुने कर्जा बाहेक कुनै पनि कर्जा प्रवाह नगर्ने निर्देशन दिएको छ ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ अनुसार कर्मचारी सेवा शर्त विनियमावलीमा व्यवस्था भए बमोजिम जीवन बीमा व्यवसाय गर्ने बीमकले आफ्नो कर्मचारीहरुलाई सापटी र आफ्नो बहालवाला बीमा अभिकर्तालाई समितिले समय समयमा तोकिए बमोजिम कर्जा दिन भने बाधा नपुर्याएको समितिले जनाएको छ ।

अभिकर्ताहरुलाई व्यवसाय बढाएको भन्दै अनाधिकृत रुपमा ठुलो रकम कर्जा प्रवहा गर्दै आईरहेको थियो ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।