अभिकर्तालाई अनाधिकृत रुपमा कर्जा नदिन बीमा समितिको निर्देशन

Apr 16, 2021 05:31 PM Merolagani



बीमा समितिले अभिकर्ताहरुलाई अनाधिकृत रुपमा कर्जा प्रवाह नगर्न निर्देशन दिएको छ । समितिले जीवन बीमा कम्पनीलाई  सर्कुलर जारी गर्दै अभिकर्ताहरुलाई कर्जा नदिन निर्देशन दिएको हो ।

समितिले बीमालेख धितो र बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई हुने कर्जा बाहेक कुनै पनि कर्जा प्रवाह नगर्ने निर्देशन दिएको छ ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ अनुसार कर्मचारी सेवा शर्त विनियमावलीमा व्यवस्था भए बमोजिम जीवन बीमा व्यवसाय गर्ने बीमकले आफ्नो कर्मचारीहरुलाई सापटी र आफ्नो बहालवाला बीमा अभिकर्तालाई समितिले समय समयमा तोकिए बमोजिम कर्जा दिन भने बाधा नपुर्याएको समितिले जनाएको छ ।

अभिकर्ताहरुलाई व्यवसाय बढाएको भन्दै अनाधिकृत रुपमा ठुलो रकम कर्जा प्रवहा गर्दै आईरहेको थियो ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।