कस्तो छ नेपालमा एक महिना भित्र सार्वजनिक हुने रोयल इन्फिल्ड मेटोर ३५० ?

Apr 17, 2021 02:13 PM Merolagani



नेपाली दुईपाँग्रे सवारी बजारमा लोकप्रिय मोटरसाइकलको नयाँ मोडल सार्वजनिक हुने भएको छ । लामो दुरी तथा क्लासिक लुक्सले नेपाली युवाहरुमा परिचित रोयल इन्फिल्ड (बुलेट) मेटोर ३५० नेपाली बजारमा भित्रिने भएको हो ।

रोयल इन्फिल्ड बाइक मात्र होइन, ‘स्टाइल’ हो, ‘ब्रान्ड’ हो जसले नेपाली बजारमा पनि आफ्नो राम्रै छाप छाडेको छ ।
रोयल इन्फिल्ड लामो दूरीको यात्रा तय गर्न उपयुक्त समेत मानिन्छ । यसै क्रममा रोयल इन्फिल्डको आधिकारीक वितरक विवेक अटोमोवाइलले नेपाली बजारमा मेटोर ३५० सार्वजनिक गर्ने तयारी गरेकाे हो ।

मेटोर ३५० ले ‘इन्डियन मोटरसाइकल अफ दि इयर’, सिएनवीसी अवार्ड, इन्डियन मोविलिटी अवार्ड, अटोकार अवार्ड जस्ता प्रतिष्ठित अवार्ड पनि हासिल गरेको थियो ।

कस्तो छ मेटोर ३५० बुलेट ?

रोयल इन्फिल्ड मेटोर ३५० मा ३४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड बीएस ६ इन्जिन रहेको छ जुन इन्जिनले २०.२ बीएच पावर तथा २७ एनएम टर्क जेनेरेट गर्दछ । सो बाइक बीएस६ मापदण्डको इन्जिनमा आधारित रहेको कम्पनीले जनाएको छ ।

यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको यो बाइकमा तीन वेरिएटमा उपलब्ध रहने छ । जुन फायरबल, स्टेलर र सुपरनोभा रहेका छन् ।

२७० एमएम रियर डिस्क ब्रेक र ३०० एमएम फ्रन्ट डिस्क ब्रेक दिइएको छ भने बोसको अत्याधुनिक एबीएस सिस्टम पनि जडान गरिएको छ । सो बाइकको कुल वजन १९१ किलोग्राम रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ ।

डिजाइन

रोयल इन्फिल्डले रेट्रो इन्स्पायर डिजाइनमा निर्मित मेटोर ३५० ले कम्पनीकै थन्र्डरबर्डको झल्को दिन्छ ।

रोयल इन्फिल्डले आफ्ना उत्पादन मेटोर ३५० मा पहिलो पटक कनेक्टेड फिचर प्रयोग गरेको छ जसमा स्मार्ट फोन कनेक्ट गर्न सकिने इन्स्ट्रुमेन्ट कन्सोल जडान गरेको छ ।

रोयल इन्फिल्ड मेटोर ३५० मा उत्कृष्ट ह्यान्डलिङ र लाइटवेट प्याकेजका साथ स्टील ट्रेल फ्रेम, मोनोशक, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर रहेका छन ।

कम्पनीले यसमा सेमी डिजिटल डिस्प्लेको प्रयोग गरेको जनाएको छ । सो बाइकमा सबै एलईडी प्याकेजहरु उपलब्ध रहेका छन जसमा एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्प, एलईडी इन्डिकेटर र पछाडि एलईडी टेल ल्याम्प समाबेश छन ।

मूल्य कति ?

रोयल इन्फिल्ड मेटोर ३५० को नेपाली बजारमा ६ लाख हाराहारी पर्ने अनुमान गरिएको छ । नेपालमा बढिरहेको क्लासिक मोटरसाइकलको सेगमेन्टलाई विस्तार गर्नका लागि रोयल इन्फिल्ड मेटोर ३५० नेपाली बजारमा एक महिना भित्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

रोयल इन्फिल्ड मेटोर ३५० ले नेपाली बजारमा होंडा हाइनेस सीबी ३५०, जवा पेराक, बेनेल्ली इम्पीरियाल ४००, होंडा सीबी ३५० आरएस र बजाज डोमिनार ४०० सँग सिधा प्रतिस्पर्धा गर्ने छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।