एनआईबिएल समृद्धि फण्ड २ योजना संचालन गर्न बोर्डको अनुमति

Apr 16, 2021 05:35 PM Merolagani



नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवर्धनमा एनआईबिएल एस क्यापिटल अन्तर्गत सञ्चालन हुने एनआईबिएल समृद्धि फण्ड २ ले अनुमति पाएको छ।

“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने चौथो योजनाको रुपमा “एनआईबिएल समृद्धि फण्ड २” नामको बन्दमुखी योजना संचालन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

यस योजनाको आकार १ अर्ब २० करोड र यस योजना १० वर्षको अवधिसम्म संचालनमा रहने छ । प्रति इकाई मूल्य १० दरको १२ करोड इकाई मध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ ।

यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्री मार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिने र सो लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उदेश्य रहेको छ।

योजनाले प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।