नेपाल बैंक लिमिटेडको कम्पनी विश्लेषण

Apr 17, 2021 07:34 PM Merolagani



यस साता बैंकिङ्ग उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेर बन्द भयो। गत साताको अन्तिम कारोबार दिन १८२०.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक ८३.२१ अंक बढेर १९०२.१६ विन्दुमा बन्द भएको छ।

यसै उपसमूहको बैंकहरुमध्ये एक बैंक हो, नेपाल बैंक (NBL)। यस बैंकको शेयरमूल्य यस साता १२ रुपैयाँ बढेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन ४४५ रुपैयाँमा बन्द भएको यस कम्पनीको शेयरमूल्य यस साता ४५७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता बैंकको शेयरमूल्य उकालो लागेमा ४८० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, मूल्य ओरालो लागेमा ४४० रुपैयाँमा टेवा पाउने देखिन्छ।

गत साता बैंकको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी बढ्दो क्रममा देखिएको छ। यसले बैंकको शेयरमूल्यमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

पछिल्लो समय बैंकको शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता बैंकको दैनिक औषतमा ४ लाख ७० हजार १३७ कित्ता शेयर खरिदबिक्री भएको छ। पछिल्लो २० दिनमा बैंकको दैनिक औषतमा २ लाख ४२ हजार २१८ कित्ता शेयर खरिदबिक्री भएको छ। यसको तुलनामा दैनिक औषत भोल्यूम ९४.१० प्रतिशत बढी हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ८२ लाख ५ हजार रुपैयाँ रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकले २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ सञ्चालन आम्दानी र २ अर्ब ४ करोड ६२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

पुस मसान्तसम्ममा १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १९ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३७ पैसा रहेको छ। त्यसैगरी, बैंकको बुकभ्यालु २५३ रुपैयाँ १८ पैसा रहेको छ भने प्रतिशेयर बुकभ्यालु १ रुपैयाँ ८१ पैसा रहेको छ। बैंकको आरओई ८.४४ प्रतिशत रहेको छ। यस साताको अन्तिम कारोबार दिनको मूल्य अनुसार बैंकको मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ।

गत बिहीबार बैंकका १४ दिने आरएसआई न्यूट्रल जोन अर्थात ६२.३९ स्केलमा रहेको छ। यसले बजारमा बैंकको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा बैंकको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

हाल नेप्सेमा बैंकको १२ करोड ६३ लाख ६७ हजार ५८६ कित्ता शेयर सूचीकृत छ। गत बिहीबारको अन्तिम मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण ५७ अर्ब ७४ करोड ९९ लाख ८६ हजार ८४७ रुपैयाँ रहेको छ। बैंकको १८० दिने औषत मूल्य ३९३ रुपैयाँ ५४ पैसा रहेको छ। त्यसैगरी, बैंकको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ४७७ रुपैयाँ रहेको छ भने न्यून मूल्य २२८ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले एक्सट्रीम ग्रीड जोनमा रहेको छ। यसले बैंकको शेयर खरिद गर्दा निकै ध्यान पुर्याउनु पर्ने संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप विश्लेषण गर्नु आवश्यक छ।)