प्रि ओपन सेसन अपडेटः साढे २४ अंक बढ्यो नेप्से

Apr 18, 2021 10:51 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २०.६१ अंक बढेर २७३५.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २४.५१ अंक बढेर २७५९.९० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.८५ अंक बढेको छ।

यस दिन प्रि ओपन सेसनमा ६५ कम्पनीको ३ करोड १९ लाख ५ हजार २८७ रुपैयाँ बराबरको कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ९ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

 




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।