सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

Apr 18, 2021 11:55 AM Merolagani



साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य, यस दिन २०० रुपैयाँ बढेको हो। आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

नयाँ वर्ष अर्थात २०७८ साल लागेदेखि नै सुनको मूल्य निरन्तर लागिरहेको छ। २०७७ को अन्तिम दिन अर्थात चैत ३१ गते ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बैशाख ५ गतेसम्ममा १ हजार २०० रुपैयाँ बढेको छ।

सुनको मूल्य बढेपनि यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। गत शुक्रबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको छ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।