सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

Apr 18, 2021 11:55 AM Merolagani



साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य, यस दिन २०० रुपैयाँ बढेको हो। आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

नयाँ वर्ष अर्थात २०७८ साल लागेदेखि नै सुनको मूल्य निरन्तर लागिरहेको छ। २०७७ को अन्तिम दिन अर्थात चैत ३१ गते ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बैशाख ५ गतेसम्ममा १ हजार २०० रुपैयाँ बढेको छ।

सुनको मूल्य बढेपनि यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। गत शुक्रबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।