एलन मस्कले गरे नासाका साथ सम्झौता, जेफ बेजोसलाई लाग्यो झट्का

Apr 18, 2021 01:52 PM Merolagani



स्पेसएक्सका संस्थापक र टेस्लाका सीईओ एलन मस्कले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका साथ मुन मिशनकालागि २.८९ अर्ब डलरको सम्झौता गरेका छन् । यस अन्तर्गत मस्कले ५० वर्षपछि पहिलो पटक नासाका अन्तरिक्ष यात्रीहरुलाई चन्द्रमाको सतहमा जानकालागि अन्तरिक्षयान स्टारशिप बनाउनेछन् ।

नासाले आफ्नो यस उद्येश्यका लागि एलन मस्कको कम्पनीलाई जिम्मेवारी दिँदैछ ।

जेफ बेजोसलाई धक्का

यो सम्झौताबाट एलन मस्कलाई निश्चित रुपमा फाइदा हुन्छ नै तर अमेजनका संस्थापक जेफ बेजोसलाई भने ठुलो झट्का लागेको छ । बेजोसको रकेट कम्पनी ब्लू ओरिजिन पनि यस सम्झौताका लागि कोशिष गरिरहेकाले धक्का लागेकाे हाे । बेजोसले लकहिड मार्टिन र नर्थरोप ग्रुस्मनसँग मिलेर एक राष्ट्रिय समुह बनाउने प्रस्ताव गरेका थिए ।

सीएनएनका रिपोर्ट अनुसार सन् २०२४ मा जाने यस मिशनको अंश अमेरिका बन्ने जो बाइडनकाे सरकारले निर्णय गरेको छ । यस मिशनकालागि अन्तरिक्ष यात्रीहरुको पहिलो क्याडर डिसेम्बरमा घोषणा गरिएको थियो । अब भने अर्टिमस ३ का लागि दुई सदस्यहरूकाे घोषणा गरिदैछ ।

एलन मस्कको मंगल ग्रहसम्म पुग्ने सपना

एलन मस्कले यस अन्तरिक्षयानका नाम स्टारशिप हो । यस यानका माध्यमबाट एलन मस्क मंगल ग्रहसम्म जाने सपना देखिरहेका छन् । मस्कलाई मंगल ग्रहमा शहर बनाउने चाहना छ । अमेरिकी स्पेस एजेन्सीको अर्टेमिस मिशन चन्द्रमामा पहिलो महिलालाई पठाएर इतिहास रच्दैछ । कम्पनीले पहिलो पटक कुनै कालो वर्णका व्यक्तिलाई पनि पठाउने योजना बनाइरहेको छ ।

( एजेन्सीकाे सहयाेगमा ।)

 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।