प्रि–ओपनिङले मैनबत्ती विश्लेषण अन्योलमा

Apr 19, 2021 08:58 AM Merolagani



देवेन्द्र ताम्राकार
प्रि ओपन सेसन त्यो सेसन हो, जुन नियमित कारोबार समय (११ बजेदेखि ३ बजे) भन्दा आधा घण्टा अगाडि अर्थात १०ः३० देखि १०ः४५ सम्मको कारोबार समय हो।

यो समयमा हामी कुनै पनि स्टकको मूल्य अघिल्लो दिनको अन्तिम कारोबार मूल्यभन्दा ५ प्रतिशत माथि वा ५ प्रतिशत तल राखेर कारोबार आदेश राख्न सकिने व्यवस्था रहेको छ।

तर, यहि प्रि–ओपनिङको कारोबारको आधारमा बन्ने मैनबत्तीले बजारको दिशालाई अन्यन्त्र मोडेको देखिन्छ। प्रि–ओपनिङ को अवधिमा स–साना कित्ता शेयरको कारोबारको आधारमा कारोबारीहरुले आफू अनूकुल बजारको दिशालाई डोर्याउन खोजेको देखिन्छ। जुन बजारको नियमित कारोबार समयको सुरुवात अर्थात ११ बजेदेखि ११ः१५ सम्म प्रष्ट देखिन्छ। केहि समय पश्चात सूचक सामान्य अवस्थामा आईपुग्छ।

यस्तो समयमा जो लगानीकर्ताहरु मैनबत्तीलाई मात्र आधार बनाएर विश्लेषण गर्न जानेका हुन्छन् उनीहरु यसैको आधारमा खरिद गरिरहेका हुन्छन्। उनीहरु यो वेला ‘बुल ट्रयाप’ को शिकार बन्ने सम्भावना बढी हुन्छ। सामान्यतया साधारण लगानीकर्ताले हेर्ने भनेको दैनिक मैनबत्ती अथवा साप्ताहिक मैनबत्ती नै हो।

तर यो अवस्थामा १ मिनेट ५ मिनेट १५ मिनेटको मैनबत्तीले मात्र यतिबेलाको बजारको स्थितिलाई देखाउँछ र समग्रमा दैनिक मैनबत्तीमा यसको प्रभाव रहन्छ। यो भनेको हामीले प्रि–ओपनिङ सेसन शूरु भए यता नेप्से तथा यसका उपसूचक र प्रत्येक स्टकमा देख्न सकिन्छ। साथै मार्केट बढ्दा पनि रातो मैनबत्ती देखिन्छ। यस्तो अवस्थामा मैनबत्तीलाई आधार मानेर कारोबार गर्ने लगानीकर्तामा रातो मैनबत्ती बन्दा उल्टो प्रभाव पर्छ।

यसको मतलब म, प्रि–ओपनिङको विरोधी भने पटक्कै होईन। अन्तरराष्ट्रिय अभ्यास हेर्ने हो भने प्रि–ओपनिङ सँगै इन्ट्रा डे ट्रेडिङ्ग पनि लागु भएको छ। जसको कारण बजार निश्चित दिशामा चल्ने गर्दछ। तर, नेपालमा भने इन्ट्रा डे ट्रेडिङ्ग बिनाको प्रि–ओपनिङ मात्र भएको हुँदा बजार सुहाउँदो छैन। अन्तमा प्रि–ओपनिङको कारणले बन्ने मैनबत्तीमा आधारित भइ कारोबार गर्दा लगानीकर्ताहरुमा अन्यौलको स्थिती नहोेस् र मैनबत्तीले सहि दिशा देखाओस् भन्ने धारणा हो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।