काेराेना संक्रमितकाे संख्याले एकै दिन हजार नाघ्याे,काठमाडौं उपत्यकामा ४३५ जना भेटिए

Apr 18, 2021 04:59 PM merolagani



नेपालमा दैनिक रूपमा काेराेना संक्रमितकाे संख्या बढिरहेकाे छ ।

पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन्।

 

गौतमका अनुसार पछिल्लो एक सातामा १९५४२ परीक्षण भएकोमा ३१०९ संक्रमित फेला परेका छन्। यस्तै यो साता ८५३ जना संक्रमणमुक्त भएका छन्।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।