लगानीकर्ताबीच प्रयोग हुने चर्चित शब्दहरु जसले अपनत्व बढाउछ

Apr 19, 2021 02:20 PM Merolagani

 सुधा देवकोटा

अहिले शेयर बजारको चर्चा चिया पसल, चौतारीदेखि राज्यका उच्च तहसम्म हुने गरेको छ। यसरी सबैतिर शेयर बजारसँग सम्बन्धित कुराकानी हुनुमा बजार दिन प्रतिदिन जसो नयाँ रेकर्ड कायम गर्दै उच्च विन्दुमा पुग्नु नै हो। यसरी बजारले बढेत्तरीको बाटोमा लागि रहँदा सबैतिर यसको चर्चा हुने गरेको छ।

यसरी चर्चा हुँदा लगानीकर्ताहरु विभिन्न शब्दहरु प्रयोग गर्ने गरेका छन्। न्यूप्लजास्थित चिया पसलमा चिया खाँदै गरेका केहि लगानीकर्ताहरु शेयर बजारको विषयमा गफिदै थिए। उनीहरुको शेयर बजारको पछिल्लो अवस्थाको बारेमा नै कुरा गरिरहेका थिए। ‘फलानो कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भयो, तर म छुटेँ,’ उनीहरु बीच भएको संवादमा शेयर कारोबारी शब्द प्रयोग भएको सुन्दा उनीहरु दैनिक कारोबारमा सहभागी हुने लगानीकर्ताहरु हुन जस्तो देखिन्थ्यो।

गत बिहीबारको नियमित शेयर कारोबार अवधि सकिएपछि जम्मा भएका हुल लगानीकर्ताहरुले आफूले खरिदबिक्री गरेको कम्पनी र बजारको विषयमा आँकलन गर्दै थिए। बजारमा थप लगानी गर्न वा भएको बिक्री गर्ने विषयमा भएको कुराकानीमा एक जना लगानीकर्ताले भने, ‘बैंकका शेयरहरु “उठा” घाटा हुने सम्भावना कम हुन्छ, वार्षिक राम्रो प्रतिफल पनि वितरण गर्छन्।’ ऊसँगै बसेको अर्का लगानीकर्ताले नर्कादै भने, ‘अहिले छोटो समयमा धेरै नाफा लिने कम्पनीको शेयर उठाउनु पर्छ, बैंकको शेयर त कंगारो मार्केट जस्तै भएकाले (घट्बढ ढिलो हुने) नाफा धेरै हुदैन।’  उनीहरु बीचको गफ अझै बढ्दै जान्छ।

सँगै चिया खाँदै गरेकी महिला लगानीकर्ताले भन्छिन्, ‘बैंकको शेयरमा कुनै हलचल नभएपछि “ढिकै दिएँ” र केहि समयमै अर्काले “खाइहाल्यो” पनि’। उनी थप्दै भन्छिन, ‘बरु माईक्रोफाइनान्सहरुमा “खेलाडी” लाग्ने भएकाले शेयर मुल्य “कुदाउछन्”, त्यसबाट राम्रो कमाउने अवसर हुन सक्दछ।’ यस्तै भोलाटाईल कम्पनीको शेयरबाट छोटो समयमा राम्रो आम्दानी गर्न सकिने उनको बुझाइ थियो।

शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको बीचमा केहि समय बिताउने हो भने लगानीकर्ताले कारोबार गर्दा प्रयोग गर्ने कारोबारी शब्दहरु प्रयोग गर्ने परेको प्रशस्तै पाइन्छ।

जस्तै, फाल्दिएँ (बिक्री गरेँ), उठाएँ (किनेँ), झर्यो (खरिद गरेको मूल्य भन्दा घट्यो), ढिकै दिएँ (सबै दिएँ), खायो (अर्काले खरिद गर्यो), खेलाडी लाग्यो (मूल्य तल माथि बनाउनेहरु लागे), बाहिरियो (बिक्री गर्यो), तान्यो (लियो), मर्यो, फस्यो, डुवायो, कुदाउने (मूल्य बढाउने), भाग्यो (खरिद बिक्रीको आदेश वदर गर्नु) जस्ता शब्दहरु चर्चित रहेका छन्। बजारमा कारोबार गर्दै आएका लगानीकर्ताहरुको बीचमा हुँदा यस्ता शब्दहरु छयासछयास्ती प्रयोग भएको सुन्न पाइन्छ।

शेयर बजारमा दैनिक कारोबार गर्ने लगानीकर्ता हुने गरेका सार्वजनिक स्थल, बस, चिया पसल चौतार हरेका ठाँउमा यस्तो यस्ता चर्चित शब्द प्रयोग गरेर बोल्ने गरेको पाइन्छ।

कारोबार सम्बन्धी कुरा गर्दा प्रयोग हुने यस्ता शब्दहरुले लगानीकर्ताहरु बीचको संवादलाई अझ बढी रमाइलो बनाउने लगानीकर्ता लक्ष्मण श्रेष्ठ बताउछन्। आफू जस्तै सहपाठीहरुसँग यस्तो अनौपचारिक कारोबारी शब्दहरु प्रयोग गरेर बोल्दा आफूहरु अझ नजिक हुने गरेको श्रेष्ठको भनाई छ। लगानीकर्ताहरु बीच प्रयोग हुने यस्ता शब्दले छोटो समयमा घनिष्ठ मित्र हुने गरेको लगानीकर्ताहरुको अनुभव उनको रहेको छ।

दोस्रो बजारमा लगानीकर्ताहरुले कारोबार गर्दा प्रयोग हुने विभिन्न त्यस्ता अनौपचारिक शब्दहरु बोल्ने गरेको पाइन्छ। शेयर कारोबार गर्दा अपनाइने विभिन्न क्षणलाई लगानीकर्ताहरुले आफ्नै शब्द दिने गरेका छन्। यस्ता शब्दहरु औपचारिक रुपमा कहिँकतै नलेखिएका तर लगानीकर्ताहरुले दिन प्रतिदिन प्रयोग गर्दै आएका छन्। जसले बजारमा आफ्नै मौलिकता दिने गरेको छ। दैनिकजसो कारोबारमा सहभागी हुनेहरुसँग लगानीकर्ताहरुले यस्तो कारोबारी शब्दहरु प्रयोग गर्ने गरेका हुन्छन्।

बजारमा कारोबार गर्ने लगानीकर्ताहरुले त्यस्ता शब्दहरु प्रयोग गर्दा बुझिन्छ उनीहरु बजारमा लामो समयको अनुभव छ। जसले एक अर्कालाई बजारको विषयमा गफिनको लागि सहज बनाएको छ र अपनत्व कायम गराएको छ।

कुनै शब्दकोषमा खोज्ने हो भने अरु नै मतलब राख्ने त्यस्ता शब्दहरुले लगानीकर्ताहरु बीचमा हुने गफलाई अझ रोमान्चक बनाएको हुन्छ र बजारमा लगानी गर्ने लगानीकर्ताहरु त्यसैमा रमाउने गरेको समेत देख्न सकिन्छ। कारोबारी लगानीकर्ताहरुले कुरामा कुरा गर्दा स्वात स्फुर्त रुपमा प्रयोग हुने यस्ता शब्दले उनीहरुको संवादमा बेग्लै रस थपेको हु्न्छ। बोल्दा सहजै बोलिने तर झट्ट सुन्दा बुझ्नको लागि कठिनाई हुने त्यस्तो कुराकानीले बजार प्रतिको बेग्लै मौलिकता झल्काउने गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।