गत साता रेकर्डस्तर छोएकाे बिटकवाईनमा आयो भारी गिरावट

Apr 19, 2021 01:54 PM Merolagani



गत साता उच्च स्तरमा पुगेपछि विश्वकाे सबैभन्दा बढी र लोकप्रिय क्रिप्टोकरेन्सी,बिटक्वाईनको मूल्य आइतबार भारी गिरावट भएको छ । बिटक्वाईन १४ प्रतिशतले घटेर ५१ हजार ५४१ डलरसम्म झरेको छ । त्यसपछि एक बिटक्वाईनको मूल्य ५३ हजार ९९१ डलरमा पुगेको छ जुन बुधबारकाे उच्च स्तरको मूल्यकाे तुलनामा १२ हजार डलरले तल झरेको हो ।

वास्तवमा,टर्कीको केन्द्रिय बैंकले खरिद गर्नकालागि क्रिप्टोकरेन्सी र क्रिप्टो एसेट्सको प्रयोगमा रोक लगाएको छ ।टर्कीका अनुसार यसबाट मानिसहरुको भारी नोक्सानी भएको छ र यसमा कारोबारको जोखिम पनि बढेकाे छ । यसपछि बिटक्वाईनमा गिरावट देखिन शुरु भएको हो । यसभन्दा पहिले जनवरी ४मा एक बिटक्वाईनको मूल्य २७ हजार ७३४ डलर थियो । फेब्रुअरी ९ मा बिटक्वाईनको मूल्य ४४ हजार १४१ डलर पुगेको थियो । मार्च १७ मा एक बिटक्वाईन ५५ हजार ९२७.७७ डलर पुगेको थियो । अप्रिल १ मा बिटक्वाईनको मूल्य ६० हजार डलरभन्दा माथि उक्लेको थियो । बिटक्वाईनको मूल्य चार लाख डलरसम्म पुग्न सक्ने ब्लूमबर्ग बिटक्वाईन विशेषज्ञहरुको दाबी छ ।

के हो बिटक्वाईन ?

बिटक्वाईन भर्चुअल करेन्सी हो । यसको सुरुवात सन् २००९ मा भएको थियो जुन बिस्तारै लोकप्रिय बन्यो र यसको मूल्य लाखौं रुपैयाँ बराबर पुग्याे । यस क्रिप्टोकरेन्सीमा भुक्तानीकालागि क्रिप्टोग्राफीको प्रयोग गरिन्छ । अर्थात् यस करेन्सीलाई भविष्यको करेन्सी पनि भन्न सकिन्छ ।

कसरी हुन्छ लेनदेन ?

बिटक्वाईनको लेनदेनकालागि उपभोक्ताले प्राइभेट कीसँग जोडिएका माध्यमहरुसँग भुक्तानीको सन्देश पठाउनुपर्छ जुन विश्वभरमा फैलिएको केन्द्रिकृत नेटवर्कका माध्यमबाट प्रमाणित हुन्छ । यस मार्फत हुने भुक्तानी डेबिट वा क्रेडिट कार्डका माध्यमबाट हुने भुक्तानीको विपरीत हुने गर्दछ । बिटक्वाईन एक भर्चुअल मुद्रा हो जुन केवल अनलाईन लेनदेनकालागि प्रयोग हुने गर्दछ ।

( एजेन्सीकाे सहयाेगमा । )

 




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।