एकदिनमा देशभरमा कोरोना संक्रमित हुनेको संख्या १,२०० माथि, ८ जनाकाे निधन

Apr 19, 2021 04:31 PM Merolagani



सोमबार देशभरमा कोरोना संक्रमितको संख्या एक हजार २८१ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सात हजार ५४८ परीक्षणमध्ये सो पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये काठमाडौंका नै ५०५ जना रहेका छन् । यस्तै ललितपुरका ९७ जना र भक्तपुरका ३२ जना गरी उपत्यकामा कुल ६३४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण ८ जनाको निधन भएको छ भने संक्रमण मुक्त हुनेको संख्या २५५ छ ।