एकदिनमा देशभरमा कोरोना संक्रमित हुनेको संख्या १,२०० माथि, ८ जनाकाे निधन

Apr 19, 2021 04:31 PM Merolagani



सोमबार देशभरमा कोरोना संक्रमितको संख्या एक हजार २८१ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सात हजार ५४८ परीक्षणमध्ये सो पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये काठमाडौंका नै ५०५ जना रहेका छन् । यस्तै ललितपुरका ९७ जना र भक्तपुरका ३२ जना गरी उपत्यकामा कुल ६३४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण ८ जनाको निधन भएको छ भने संक्रमण मुक्त हुनेको संख्या २५५ छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।