बैशाखको सुरुवातदेखि बढेको सुनको मूल्य मंगलबार घट्याे, चाँदीको भाउ लगातार तेश्रो दिन पनि स्थिर

Apr 20, 2021 11:44 AM Merolagani



बैशाखको सुरुवातदेखि बढेको सुनको मूल्य बैशाख ७ गते, मंगलबार घटेको छ। यस दिन सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार यस दिन छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा किनबेच भइरहेकाे छ।

सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार रुपैयाँ पुगेको थियो। बैशाखको पहिलो कारोबार दिनयता सुनको भाउ दिनहुँ बढिरहेको थियाे। बैशाख २ गतेदेखि सुन तोलामा ९०० रुपैयाँले बढोत्तरी भएको थियाे।

चाँदीको भाउ लगातार तेश्रो दिन स्थिर रहेको छ। बैशाख ३ गतेयता चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।