बैशाखको सुरुवातदेखि बढेको सुनको मूल्य मंगलबार घट्याे, चाँदीको भाउ लगातार तेश्रो दिन पनि स्थिर

Apr 20, 2021 11:44 AM Merolagani



बैशाखको सुरुवातदेखि बढेको सुनको मूल्य बैशाख ७ गते, मंगलबार घटेको छ। यस दिन सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार यस दिन छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा किनबेच भइरहेकाे छ।

सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार रुपैयाँ पुगेको थियो। बैशाखको पहिलो कारोबार दिनयता सुनको भाउ दिनहुँ बढिरहेको थियाे। बैशाख २ गतेदेखि सुन तोलामा ९०० रुपैयाँले बढोत्तरी भएको थियाे।

चाँदीको भाउ लगातार तेश्रो दिन स्थिर रहेको छ। बैशाख ३ गतेयता चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।