लाभांश पारित गर्न जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा बोलायो, अधिकृत पूँजी ५० करोड पुर्याउने

Apr 20, 2021 11:51 AM Merolagani



जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था (JSLBB) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले बैशाख ३० गते बुटवलको होटल न्यु इरामा बिहान ११ बजे दशौं वार्षिक साधारण सभा बोलाएको हो।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ४९.४० प्रतिशतले हुन आउने ३ करोड ९१ लाख २४ हजार ८ सय रुपैयाँ बराबरको बोनस र २.६० प्रतिशत अर्थात २० लाख ५९ हजार २ सय रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

लघुवित्तले बोनस शेयर जारी गरे पश्चात वित्तीय संस्थाको वर्तमान जारी तथा चुक्ता पूँजीमा वृद्धि हुने भएकोले त्यस अनुसार प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न स्वीकृति दिने तयारी गरेको छ।

यस्तै लघुवित्तले अधिकृत पूँजी १५ करोड रुपैयाँबाट वद्धि गरी ५० करोड पुर्याउने विषेश प्रस्ताव गरेको छ।

लघुवित्तले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने/ गाभिने तथा प्राप्ती गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्न लगायत सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
लघुवित्तकाे कार्यक्षेत्र पनि १९ जिल्लाबाट विस्तार गरी राष्ट्रियस्तरमा स्तरोन्नती गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले बैशाख २३ गते बुकक्लोज गर्ने जनाएको छ। त्यस अनुसार बैशाख २२ गतेसम्म कायम शेयरधनीले मात्रै लघुवित्तको लाभांश पाउनेछन्।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।