लाभांश पारित गर्न जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा बोलायो, अधिकृत पूँजी ५० करोड पुर्याउने

Apr 20, 2021 11:51 AM Merolagani



जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था (JSLBB) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले बैशाख ३० गते बुटवलको होटल न्यु इरामा बिहान ११ बजे दशौं वार्षिक साधारण सभा बोलाएको हो।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ४९.४० प्रतिशतले हुन आउने ३ करोड ९१ लाख २४ हजार ८ सय रुपैयाँ बराबरको बोनस र २.६० प्रतिशत अर्थात २० लाख ५९ हजार २ सय रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

लघुवित्तले बोनस शेयर जारी गरे पश्चात वित्तीय संस्थाको वर्तमान जारी तथा चुक्ता पूँजीमा वृद्धि हुने भएकोले त्यस अनुसार प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न स्वीकृति दिने तयारी गरेको छ।

यस्तै लघुवित्तले अधिकृत पूँजी १५ करोड रुपैयाँबाट वद्धि गरी ५० करोड पुर्याउने विषेश प्रस्ताव गरेको छ।

लघुवित्तले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने/ गाभिने तथा प्राप्ती गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्न लगायत सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
लघुवित्तकाे कार्यक्षेत्र पनि १९ जिल्लाबाट विस्तार गरी राष्ट्रियस्तरमा स्तरोन्नती गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले बैशाख २३ गते बुकक्लोज गर्ने जनाएको छ। त्यस अनुसार बैशाख २२ गतेसम्म कायम शेयरधनीले मात्रै लघुवित्तको लाभांश पाउनेछन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।