मध्य भोटेकोशीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

Apr 20, 2021 01:44 PM Merolagani



नेपाल धितोपत्र बोर्डले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई बैशाख ५ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

त्यस अनुसार कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि १ करोड ५० लाख कित्ता अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ। याे कम्पनीकाे चुक्ता पूँजीकाे २५ प्रतिशत हाे ।

कम्पनीले चुक्ता पूँजीकाे १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सिन्धुपाल्चोकका स्थानीयबासीलाई निष्काशन गर्ने छ भने सर्वसाधारणमा १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ।

कम्पनीले उक्त शेयर प्रत्याभूतिका लागि नागरिक लगानी कोषसँग सम्झौता गरिसकेको छ।

यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीहरुको लागि १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गरिसकेकाे छ। सो शेयर कम्पनीले २०७५ पुस ४ गते बाँडफाँट गरेको थियो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।