मंगलवार कोभिड १९ पुष्टि हुनेको संख्या १७०० माथि, निधन हुनेको संख्या ११

Apr 20, 2021 05:51 PM Merolagani



नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ । मंगलबार मात्र कोभिड १९ संक्रमण पुष्टि हुनेको संख्या एक हजार ७३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण निधन हुनेको संख्या भने ११ छ ।

देशभरमा भएको आठ हजार ७३८ परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये काठमाडौंका ५५० जना रहेका छन् ।

यसैगरी एकदिनमा संक्रमण मुक्त हुनेको संख्या भने २५१ रहेको मन्त्रालयले जनाएको छ ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।