मंगलवार कोभिड १९ पुष्टि हुनेको संख्या १७०० माथि, निधन हुनेको संख्या ११

Apr 20, 2021 05:51 PM Merolagani



नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ । मंगलबार मात्र कोभिड १९ संक्रमण पुष्टि हुनेको संख्या एक हजार ७३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण निधन हुनेको संख्या भने ११ छ ।

देशभरमा भएको आठ हजार ७३८ परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये काठमाडौंका ५५० जना रहेका छन् ।

यसैगरी एकदिनमा संक्रमण मुक्त हुनेको संख्या भने २५१ रहेको मन्त्रालयले जनाएको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।