रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Apr 22, 2021 08:07 AM Merolagani



बैशाख ९ गते, बिहीबार, रिलायन्स फाइनान्स (RLFL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैशाख १० गते एक दिनको लागि बुकक्लोज गर्दैछ। सोही कारण फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनुपर्नेछ।

फाइनान्सले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैशाख २२ गते एघारौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा लैनचौर बैंक्वेट, लैनचौरमा भर्चुअल माध्यमबाट सञ्चालन गर्नेछ।

सो सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ। १० प्रतिशतका दरले ८ करोड ३२ लाख ४१ हजार ६०६ रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँ पुग्नेछ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।