प्रि ओपन सेसन अपडेटः करिब १५ अंक बढ्यो नेप्से

Apr 22, 2021 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३२.४१ अंक घटेर २६३२.२१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १४.९१ अंक बढेर २६४७.११ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.२१ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३५ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।