प्रि ओपन सेसन अपडेटः करिब १५ अंक बढ्यो नेप्से

Apr 22, 2021 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३२.४१ अंक घटेर २६३२.२१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १४.९१ अंक बढेर २६४७.११ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.२१ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३५ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।