सिंगटी हाइड्रोको शेयर अर्को साता देखि कारोबारमा आउने, कति होला ओपनिङ्ग रेञ्ज?

Apr 22, 2021 01:34 PM Merolagani



सिंगटी हाइड्रो इनर्जीको शेयर सूचीकण प्रकृया अघि बढेको छ। कम्पनी शेयर सूचीकरणको लागि कागजातहरु सिडिएस एण्ड क्लियरिङ्गमा पुगेको छ।

सिडिएस एण्ड क्लियरिङ्गले सूचीकरणका लागि आवश्यक कागजातहरु प्राप्त भएको मेरोलगानीलाई जानकारी गराए। सिडिएससीले कम्पनीबाट प्राप्त कागजातहरू अध्ययन गरेर यहि साता भित्रै कम्पनीकाे शेयर, शेयरधनीको डिम्याट खातामा पठाउने तयारी थालेको छ।

कम्पनीको शेयर डिम्याट खातामा आएपछि नेप्से र कम्पनीबीच सूचीकरण सम्बन्धी सम्झौता हुनेछ। त्यस अनुसार कम्पनीको शेयर अर्को साता नेप्सेमा सूचीकृत भएर त्यहि साता देखि नै कारोबारमा आउने देखिन्छ।

कति होला ओपनिङ्ग रेञ्ज?

नेप्सेले कुनैपनि कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने प्रावधान छ।

गत आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रूपैयाँ छ। त्यस अनुसार नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रतिशेयर न्यूनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्न सक्ने देखिन्छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।