नेरुडे लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति पुग्यो ?

Apr 29, 2021 12:53 PM Merolagani



चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेरुडे लघुवित्त (NLBBL) को खुद नाफा २०८.८३ प्रतिशतले बढेर १५ करोड ३३ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको खुद नाफा ४ करोड ९६ लाख रुपैयाँ थियो। ब्याज आम्दानी र सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हुदाँ लघुवित्तको नाफामा वृद्धि भएको हो।

लघुवित्तको जगेडा कोष ५२.२३ प्रतिशतले बढेर ५९ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५८.२८ प्रतिशतले सुधार भएको छ भने सञ्चालन मुनाफा २०८.८३ प्रतिशतले बढोत्तरी भएको छ।

चैत मसान्तमा लघुवित्तको निष्कृय कर्जा अनुपात ३.२१ प्रतिशत रहेको छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ९२ पैसाले बढेर ४१ रुपैयाँ ३९ पैसा कायम भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.७९ गुणा छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।