२४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या झण्डै ५,०००, ज्यान गुमाउनेको संख्या ३५

Apr 29, 2021 05:19 PM Merolagani

नेपालमा २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या चार हजार ९२८ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार सो अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भने ३५ छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार १२७ जना, ललितपुरका २५२ जना तथा भक्तपुरका १८२ जना रहेको मन्त्रालयले जनाएको छ । यसरी एकैदिनमा काठमाडौं उपत्यकामा कुल एक हजार ५६१ जनामा संक्रमण भेटिएको हो । काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित रुपन्देहीमा ५२८ जना, बाँकेमा ४८९ जना र कैलालीमा ३३९ जना थपिएका छन् ।

यस्तै संक्रमण भेटिएका उमेर समूहमध्ये २० देखि २९ वर्षका एक हजार २६७ जना र ३० देखि ३९ वर्षभित्रका एक हजार २६० रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।

देशभरमा भएको १२ हजार ५९७ आरटि पीसीआर परीक्षण र ९३६ एन्टिजेन परीक्षण गरी कुल १३ हजार ५६० परीक्षणबाट सा संख्यामा कोरोना पुष्टि भएको हो । कोभिड १९ भेटिनेमध्ये चार हजार ८३१ आरटि पीसीआर परीक्षणका माध्यमबाट तथा एन्टिजेन परीक्षणका माध्यमबाट ९७ जना थपिएका हुन् ।

यसैगरी मन्त्रालयको तथ्यांक अनुसार बिहीबार कोभिड १९ निको हुने ८८८ जना छन् भने हालसम्म कुल दुई लाख ८० हजार १६७ले कोरोना जितेका छन् । देशभरमा अहिलेसम्म कुल तीन हजार २४ जना संक्रमितले ज्यान गुमाएका छन् भने कुल संक्रमण पुष्टि हुनेको संख्या तीन लाख १७ हजार ५३० रहेको छ । हाल नेपालमा क्वारेन्टिनमा ५९ जना छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।