२४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या झण्डै ५,०००, ज्यान गुमाउनेको संख्या ३५

Apr 29, 2021 05:19 PM Merolagani



नेपालमा २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या चार हजार ९२८ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार सो अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भने ३५ छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार १२७ जना, ललितपुरका २५२ जना तथा भक्तपुरका १८२ जना रहेको मन्त्रालयले जनाएको छ । यसरी एकैदिनमा काठमाडौं उपत्यकामा कुल एक हजार ५६१ जनामा संक्रमण भेटिएको हो । काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित रुपन्देहीमा ५२८ जना, बाँकेमा ४८९ जना र कैलालीमा ३३९ जना थपिएका छन् ।

यस्तै संक्रमण भेटिएका उमेर समूहमध्ये २० देखि २९ वर्षका एक हजार २६७ जना र ३० देखि ३९ वर्षभित्रका एक हजार २६० रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।

देशभरमा भएको १२ हजार ५९७ आरटि पीसीआर परीक्षण र ९३६ एन्टिजेन परीक्षण गरी कुल १३ हजार ५६० परीक्षणबाट सा संख्यामा कोरोना पुष्टि भएको हो । कोभिड १९ भेटिनेमध्ये चार हजार ८३१ आरटि पीसीआर परीक्षणका माध्यमबाट तथा एन्टिजेन परीक्षणका माध्यमबाट ९७ जना थपिएका हुन् ।

यसैगरी मन्त्रालयको तथ्यांक अनुसार बिहीबार कोभिड १९ निको हुने ८८८ जना छन् भने हालसम्म कुल दुई लाख ८० हजार १६७ले कोरोना जितेका छन् । देशभरमा अहिलेसम्म कुल तीन हजार २४ जना संक्रमितले ज्यान गुमाएका छन् भने कुल संक्रमण पुष्टि हुनेको संख्या तीन लाख १७ हजार ५३० रहेको छ । हाल नेपालमा क्वारेन्टिनमा ५९ जना छन् ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।