निशेधाज्ञामा पनि पास नचाहिने सवारी साधानहरू के के हुन् ?

Apr 30, 2021 11:35 AM Merolagani



जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवा तथा सवारीलाई पास नचाहिने व्यवस्था गरेको छ । कार्यालयले काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको हो ।

वैशाख १६ गतेदेखि २२ गतेसम्म जारी गरीएको निषेधाज्ञामा एक दर्जन भन्दा बढी सेवा तथा सवारीलाई पास नचाहिने सूची तयार पारेको छ ।

के के पर्छन ?

लकडाउन अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू,विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्थाका कर्मचारीहरू,एयरपोर्ट जाने आउने यात्रु, विहेका गाडीको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ ।

जिप्रका काठमाडौँद्वारा जारी विज्ञप्तिमार्फत त्यस्ता कार्यमा यात्रा गर्दा कही कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न हुन जानकारी गराए छन् ।

साथै उनले अन्य अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएकाले वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेक जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सवारी पास जारी नहुने जनाइएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।