स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना फैलिएको छ,सचेत भइदिनुहाेस्: स्वास्थ्य मन्त्रालय

Apr 30, 2021 03:36 PM Merolagani

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना भाइरस फैलिएको भन्दै भीडभाड नगर्न आग्रह गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाइ सजग रहन सबैलाई अपिल गरेको हो ।

काठमाडौ उपत्यका,मोरङ, सनसरी, झापा, पर्सा, बारा, धनुसा, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की,दाङ, बाँके, रुपन्देही, पाल्पा बर्दिया, कपिलवस्तु, सुर्खेत ,कैलाली , कन्चनपुरमा कोरोना संक्रमण उच्च दरमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा भनेको छ ‘कुनैपनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक वाह्य पर्यटकका लागि कही कतै जने कामहरु पुर्णरुपमा नगर्नु नगराउनुहुन र सार्वजनिक स्थलहरुमा जाने, भीडभाड गर्ने काम बन्द गर्नुहुन अनुरोध छ’ ।

मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालकाे शैया उपलब्ध गराउन नसकिने भइसकेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।