नविल बैंकले गाभ्ने भयो युनाइटेड फाइनान्स, स्वाप रेशियो कति?

Apr 30, 2021 03:31 PM Merolagani



नविल बैंकले युनाइटेड फाइनान्सलाई आफुमा गाभ्ने भएको छ। शुक्रबार दुई संस्थावीच आपसमा गाभ्ने तथा गाभिने सम्झैतामा हस्ताक्षर भएको हो।

शुक्रबार नविल बैंकको कार्यलयमा आयोजित एक कार्यक्रमा  दुई संस्थाविच मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौता भएकाे छ।

सम्झौतापत्रमा नवील बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नविल बैंकको ३५ कित्ता शेयर स्वाप रेशियो कायम हुनेगरी मर्जर तथा एक्वीजिसन सम्झैता भएको हो।

युनाइटेड फाइनान्ससँग एक्वीजिशन भएपनि नबिलसँग मर्जरकाे चर्चामा रहेका नेपाल बंगलादेश बैंक र एनसीसीकाे मर्जर भने  प्रकृया मै रहेकाे बताइएकाे छ । छलफल सकारात्मक तरीकाले अघि बढेकाे बुझिएकाे छ ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।