२४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५,७६३, निधन हुने १९ जना

May 01, 2021 05:16 PM Merolagani



नेपालमा २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पाँच हजार ७६३ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार सो अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भने १९ छ ।

शनिबार थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार ९३२ जना, ललितपुरका ३५५ जना तथा भक्तपुरका २०८ जना रहेको मन्त्रालयले जनाएको छ । यसरी एकैदिनमा काठमाडौं उपत्यकामा कुल दुई हजार ४९५ जनामा संक्रमण भेटिएको हो । काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित बाँकेमा ५५१ जना र रुपन्देहीमा ४२२ जना थपिएका छन् ।

यस्तै संक्रमण भेटिएका उमेर समूहमध्ये ३० देखि ३९ वर्षका एक हजार ४४१ जना र २० देखि २९ वर्षभित्रका एक हजार ३४६ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।

देशभरमा भएको १४ हजार ४०३ आरटि पीसीआर परीक्षण र ५६६ एन्टिजेन परीक्षण गरी कुल १४ हजार ९६९ परीक्षणबाट सो संख्यामा कोरोना पुष्टि भएको हो । कोभिड १९ भेटिनेमध्ये पाँच हजार ७०६ आरटि पीसीआर परीक्षणका माध्यमबाट तथा एन्टिजेन परीक्षणका माध्यमबाट ५७ जना थपिएका हुन् ।

यसैगरी मन्त्रालयको तथ्यांक अनुसार शनिबार कोभिड १९ निको हुने एक हजार २८७ जना छन् भने हालसम्म कुल दुई लाख ८२ हजार ३८२ ले कोरोना जितेका छन् । देशभरमा अहिलेसम्म कुल तीन हजार २९८ जना संक्रमितले ज्यान गुमाएका छन् भने कुल संक्रमण पुष्टि हुनेको संख्या तीन लाख २८ हजार ८९३ रहेको छ । हाल नेपालमा क्वारेन्टिनमा ६७ जना छन् ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।