२४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५,७६३, निधन हुने १९ जना

May 01, 2021 05:16 PM Merolagani



नेपालमा २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पाँच हजार ७६३ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार सो अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भने १९ छ ।

शनिबार थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार ९३२ जना, ललितपुरका ३५५ जना तथा भक्तपुरका २०८ जना रहेको मन्त्रालयले जनाएको छ । यसरी एकैदिनमा काठमाडौं उपत्यकामा कुल दुई हजार ४९५ जनामा संक्रमण भेटिएको हो । काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित बाँकेमा ५५१ जना र रुपन्देहीमा ४२२ जना थपिएका छन् ।

यस्तै संक्रमण भेटिएका उमेर समूहमध्ये ३० देखि ३९ वर्षका एक हजार ४४१ जना र २० देखि २९ वर्षभित्रका एक हजार ३४६ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।

देशभरमा भएको १४ हजार ४०३ आरटि पीसीआर परीक्षण र ५६६ एन्टिजेन परीक्षण गरी कुल १४ हजार ९६९ परीक्षणबाट सो संख्यामा कोरोना पुष्टि भएको हो । कोभिड १९ भेटिनेमध्ये पाँच हजार ७०६ आरटि पीसीआर परीक्षणका माध्यमबाट तथा एन्टिजेन परीक्षणका माध्यमबाट ५७ जना थपिएका हुन् ।

यसैगरी मन्त्रालयको तथ्यांक अनुसार शनिबार कोभिड १९ निको हुने एक हजार २८७ जना छन् भने हालसम्म कुल दुई लाख ८२ हजार ३८२ ले कोरोना जितेका छन् । देशभरमा अहिलेसम्म कुल तीन हजार २९८ जना संक्रमितले ज्यान गुमाएका छन् भने कुल संक्रमण पुष्टि हुनेको संख्या तीन लाख २८ हजार ८९३ रहेको छ । हाल नेपालमा क्वारेन्टिनमा ६७ जना छन् ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।