अब पत्रकार परिचय पत्र नविकरण अनलाइनबाटै, सुचना विभाग धाउनु नपर्ने

May 02, 2021 12:25 PM Merolagani



अब पत्रकारहरुले परिचय पत्र नविकरण अनलाइन मार्फत नै गर्न सक्ने भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रशारण विभागसँगको समन्वयमा यस्तो सुविधा दिन लागेको हो ।

आइतबार सूचना तथा प्रविधि दिवसको अवसरमा भर्चुअल माध्यमबाट भएको कार्यक्रममा बोल्दै सञ्चार मन्त्री पार्वत गुरुङले अनलाइन नविकरणको सुरुवात गरिएको बताएका हुँन ।

अब पत्रकारहरुले सूचना विभाग धाउनुनपर्ने उनको भनाई छ । उनले अनलाइन नविकरण पत्रकार तथा पत्रकारीता क्षेत्रकै ठूलो गेमचेन्जर प्रोजेक्ट रहेको मन्त्री गुरुङ्ले बताए ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।