अब नागरिक एप मार्फत क्युआरकोड स्क्यान गरेर बैंक खाता खोल्न सकिने

May 02, 2021 12:40 PM Merolagani



सरकारले नागरिक एप मार्फत नै क्युआरकोडको स्क्यान गरेर बैंक खाता खोल्न सक्ने सुविधि ल्याएको छ।

आइतबार सूचना तथा सञ्चार प्रविधि दिवसकाे उपलक्ष्यमा आयाेजित कार्यक्रममा सरकारले नागरिक एपमा यस्तो सुविधा ल्याएको जानकारी दिएकाे हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप मार्फत नै क्युआरकोड स्क्यान गरेर नेपाल बैंकमा खाता खोली यो सेवाको उद्घाटन गरेका छन्। क्युआरकोड मार्फत नै नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिनेछ।

यो संगै खाता खोल्नको लागी बैंक धाउनुपर्ने झन्झट समेत अन्त्य भएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।