यूनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना पौडेल नियुक्त

May 02, 2021 09:24 PM Merolagani



यूनाइटेड इन्स्योरेन्स कम्पनी (UIC) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा उपासना पौैडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैशाख १६ गते बसेको बैठकले उनलाई सिइओ नियुक्त गर्ने निणर्य गरेको हो ।

विगत एक दशकभन्दा बढी कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयबाट एम.बि.ए सम्मको अध्ययन पुरा गरेकी छिन् । उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेको थिइन् ।

हाल उनी यूनाइटेड इन्स्योरेन्समा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आइरहेकी थिइन । बैशाख १९ गते देखिनै लागू हुने गरि उनले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेकी छिन् ।

यो संगै उनी ३४बर्षकै उमेरमा बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छिन ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।