यूनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना पौडेल नियुक्त

May 02, 2021 09:24 PM Merolagani



यूनाइटेड इन्स्योरेन्स कम्पनी (UIC) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा उपासना पौैडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैशाख १६ गते बसेको बैठकले उनलाई सिइओ नियुक्त गर्ने निणर्य गरेको हो ।

विगत एक दशकभन्दा बढी कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयबाट एम.बि.ए सम्मको अध्ययन पुरा गरेकी छिन् । उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेको थिइन् ।

हाल उनी यूनाइटेड इन्स्योरेन्समा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आइरहेकी थिइन । बैशाख १९ गते देखिनै लागू हुने गरि उनले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेकी छिन् ।

यो संगै उनी ३४बर्षकै उमेरमा बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छिन ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।