सेवाग्राहीको समस्या सामाधान गर्न केन्द्रिय बैंकले तोक्यो तीन जना सम्पर्क व्यक्ति

May 02, 2021 08:47 PM Merolagani



नेपाल राष्ट्र बैंकले कोभिड महामारीको अवस्थामा ग्राहकहरुलाई परेको समस्या सामाधान गर्नकोे लागि तीन जना सम्पर्क व्यक्ति तोकेको छ।

केन्द्रिय बेंकले बैंक तथा वित्तीय संस्थाको सेवालाई थप प्रभावकारी बनाउन, सर्वधारणको जिज्ञासाको जवाफ दिन र सेवाग्राहीको समस्या सम्बोधन गर्न  सम्पर्क व्यक्ति तोकेको हो।

विप्रेषण, विदेशी मुद्रा सटही लगायतका समस्याको लागि विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरु प्रसाद पैाडेललाई सम्पर्क व्यक्ति तोकिएको छ भने, बैंकमा रकम राख्ने वा झिक्ने, साँवाब्याज तिर्ने, लगयाताका काराबोरको गुनासो सुन्नका लागि बैंक तथा वित्तीय संस्था वियमन विभागका निर्देशक किरण पण्डित सम्पर्क व्यक्ति तोकिएका छन्। त्यस्तै मोबाइल इन्टरनेट बैंकिंग, डेविट क्रेडिट कार्ड एटिएस तथा अन्य डिजिटल कारोबार सम्बन्धि समष्याका लागि भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारी सम्पर्क व्यक्ति तोकिएका छन्।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।