भोलिदेखि आन्तरिक उडान बन्द,बेलुका पसल खोल्न नपाइने

May 02, 2021 08:34 PM Merolagani



बैशाख २० गते सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने हुने भएको छ। मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।

साथै बैठकले अन्य केहि देशको बाह्य उडान समेत बन्द गर्ने निर्णय गरेको छ। भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।

यसैविच उपत्यकाको सिडियोहरुको बैठकले सोमबारदेखि बेलुका पसल खोल्न नदिने तयारी गरेका छन्। यसअघि विहान र बेलुका दुई समय खाध्यान्न लगायताका पसलहरु खोल्न दिने गरेकोमा भोलिदेखि भने विहान मात्रै पसल खोल्न पाइने व्यवस्था गर्न लागिएकाे हाे। 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।