भोलिदेखि आन्तरिक उडान बन्द,बेलुका पसल खोल्न नपाइने

May 02, 2021 08:34 PM Merolagani



बैशाख २० गते सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने हुने भएको छ। मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।

साथै बैठकले अन्य केहि देशको बाह्य उडान समेत बन्द गर्ने निर्णय गरेको छ। भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।

यसैविच उपत्यकाको सिडियोहरुको बैठकले सोमबारदेखि बेलुका पसल खोल्न नदिने तयारी गरेका छन्। यसअघि विहान र बेलुका दुई समय खाध्यान्न लगायताका पसलहरु खोल्न दिने गरेकोमा भोलिदेखि भने विहान मात्रै पसल खोल्न पाइने व्यवस्था गर्न लागिएकाे हाे। 




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।