कोहिनुर सेक्युरिटिजले शेयर बिक्री गरेकै दिन २ लाख सम्मको भुक्तानी दिने

May 02, 2021 09:12 PM Merolagani



कोहिनुर सेक्युरिटिज (३५ नम्बर ब्रोकर) ले शेयर बिक्री गरेकै दिन दुई लाख रुपैयाँसम्मको भुक्तानी दिने भएको छ। कम्पनीले अप्ठेरो परेका ग्राहकलाई २ लाख रुपैयाँसम्म शेयर बिक्री गरेकै दिन भुक्तानी दिने जनाएको छ ।

कम्पनीसंग आबद्ध ग्राहकहरुले लकडाउन अवधिभर घरखर्च तथा अस्पतालको लागि रकम  आवश्यकता परेको जानकारी कम्पनीलाई गराएमा दुई लाखसम्मको रकम ग्राहकलाई शेयर बिक्री गरिएको दिनमा नै उपलब्ध गराउने कम्पनीले जनाएको छ।

अहिलेशेयर बिक्री गरेको चौथो दिनमा मात्रै लगानीकर्ताले रकम भुक्तनी पाउने गरेकोमा असहज परिस्थितिमा कम्पनीले ग्राहकको सुविधाको लागि यस्तो योजना ल्याएको हो।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।