विशिष्टिकृत लगानी कोष व्यवस्थापनको लागि पुर्वाधार बनाउन पाँच संस्थालाई स्वीकृति

May 02, 2021 09:17 PM Merolagani



नेपाल धितोपत्र बोर्डले विशिष्टिकृत लगानी कोष स्थापना र संचालन गर्न कोष व्यवस्थापकको अनुमति प्रदान गर्न पुर्वाधार तयार गर्नका लागि पाँच वटा संगठित संस्थालाई सूचीत गरेकाे छ।

विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा अनुमतिपत्र प्राप्त गर्न नौ संगठित संस्थाले निवेदन दिएकोमा बोर्डले ५ वटालाई पुर्वाधार तयार गर्न सूचीत गरेको हो।

बोर्डले आवश्यक कागजात तथा विवरण पेश गर्ने ग्लोवल इक्विटी फण्ड प्रा. लि., लक्ष्मी क्यापिटल मार्केट लि., एनआइविएल एस क्यापिटल लि., एनआइसी एशिया क्यापिटल लि; र एनएमबी क्यापिटल लि.लाई कोष व्यवस्थापकको रुपमा अनुमति प्रदान गर्न आवश्यक पूर्वाधार तयार गर्न स्वीकृति दिएको हो।

नेपालमा पहिलो पटक विशिष्टिकृत लगानी कोषको स्थापना तथा संचालन गर्नका लागि यस्ता व्यवस्थापकलाई अनुमति प्रदान गर्न लागिएको हो।

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।