एभरेष्ट इन्स्योरेन्सले लाभांश पारित गर्न बोलायो साधारणसभा, बुकक्लोज कहिले?

May 03, 2021 09:30 AM Merolagani



एभरेष्ट इन्स्योरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव गरेर कम्पनीको २६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले जेठ २ गते सोमबार कम्पनीको केन्द्रिय कार्यलयमा दिँउसो २ बजे सभा बोलाएको हो।

सभामा इन्स्योरेन्सले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यसैगरी कम्पनीको प्रबन्धपत्रको दफा ३ मा कम्पनीको उद्देश्य अन्तरगत सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने गराउने व्यवस्था थप गर्ने विशेष प्रस्ताव समेत सभामा लैजादै छ।

निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने तथा मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत सभामा लैजादै छ।

साधारणसभा प्रयोजनका् लागि कम्पनीले बैशाख २९ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ। बैशाख २८ गतेसम्म् कायम शेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश र साधारणसभामा भाग लिन पाउनेछन्। 

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।