आरएसडिसि लघुवित्तको नाफा ४० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

May 03, 2021 12:55 PM Merolagani



आरएसडिसि लघुवित्त (RSDC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४० प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा ७ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ जुन ४०.३१ प्रतिशतले धेरै हो।

९ प्रतिशतले पूँजी बढाएको लघुवित्तको प्रतिशेयर आम्दानी पनि १० रुपैयाँबाट बढेर १३ रुपैयाँ पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ छ।

कर्जा लगानी १९ प्रतिशतले बढेको छ भने खराब कर्जा पनि सामान्य बढेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।