आरएसडिसि लघुवित्तको नाफा ४० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

May 03, 2021 12:55 PM Merolagani



आरएसडिसि लघुवित्त (RSDC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४० प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा ७ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ जुन ४०.३१ प्रतिशतले धेरै हो।

९ प्रतिशतले पूँजी बढाएको लघुवित्तको प्रतिशेयर आम्दानी पनि १० रुपैयाँबाट बढेर १३ रुपैयाँ पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ छ।

कर्जा लगानी १९ प्रतिशतले बढेको छ भने खराब कर्जा पनि सामान्य बढेको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।