नेशनल माइक्रोफाइनान्सले तेस्रो त्रैमासमा गर्यो आकर्षक प्रगति, प्रतिशेयर आम्दानी सय रुपैयाँ माथि

May 03, 2021 10:52 AM Merolagani



नेशनल माइक्रोफाइनान्स (NMFBS) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २४ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा ११८.९० प्रतिशतले धेरै हो।

२१ प्रतिशतले चुक्ता पूँजी बढाएको लघुवित्तको प्रतिशेयर आम्दानी ५८ रुपैयाँबाट बढेर १०४ रुपैयाँ पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ रहेको छ।

लघुवित्तको निक्षेप संकलन २६ प्रतिशतले बढेको छ भने कर्जा लगानी ७७ प्रतिशतले बढाएको छ। लघुवित्तको खराब कर्जा भने सामान्य बढेको छ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।