रिलायन्स लाइफको खुद बीमाशुल्कसंगै नाफा पनि बढ्यो

May 03, 2021 12:32 PM Merolagani



रिलायन्स लाइफ इन्स्योरेन्स (RLI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खुद बीमशुल्कसंगै नाफा पनि बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद बीमाशूल्क १३१ प्रतिशतले बढेपनि नाफामा पनि सुधार भएको हो ।

यस अवधिमा कम्पनीको खुद बीमाशूलक १३१.४३ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ खुद बीमाशूल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७९ करोड ७१ लाख ९४ हजार रुपैयाँ खुद बीमशुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमाशुल्कसंगै नाफा पनि १३.७६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको यहि अवधिमा ५ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको खुद नाफा ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ५७ लाख रुपैयाँ, बीमा कोषमा २ अर्ब २६ करोड ४४ लाख रुपैयाँ र महावित्ती कोषमा २ करोड २८ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ८८ पैसा र मूल्य आम्दानी अनुपात १७४.०८ गुणा रहेको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा कम्पनीले १२ हजार १२० वटा बीमालेख बिक्री गरी १ अर्ब ९० करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा कम्पनीले १४२ वटा दाबी वापत २३ करोड ६४ लाख भुक्तानी गरेको छ भने ११ वटा दाबी वापत ७ लाख ८१ हजार रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।