प्रशासन र प्रहरीबीच समन्वय नहुँदा लकडाउनमा होम डेलिभरी सेवामा रोक, किन धडपकड गर्छ प्रहरी ?

May 03, 2021 02:51 PM Merolagani

होम डेलिभरी तथा इकमर्श कम्पनी स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउने भनेपनि समन्वयको अभावले होम डेलिभरी सेवा निषेधाज्ञामा प्रभावित बन्न पुगेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकामा लकडाउन गर्नुअघि विभिन्न मापदण्ड बनाउदै इकमर्श कम्पनीहरुलाई अत्यावश्यक सामाग्री होम डेलिभरी गर्न पाउने व्यवस्था मिलाएको थियो ।

तर, प्रशासन , प्रहरी र सेवाप्रदायकबीच समन्वयको अभावले होमडेलिभरी सेवा रोकिएको हो ।

गत बर्षपनि अत्यावश्यक खाद्यान्न तथा तरकारी होमडेलिभरी सेवाप्रदायक कम्पनीहरुलाई धरपकड गरी सेवामा रोक लगाएको थियो । पछि सेवाप्रदायक र प्रशासनको समन्वयमा सेवा सुरु भएको थियो । तर, कोरोनाको दोस्रो लहर फैलिएर उपत्यकामा लकडाउन भएपछि सुरक्षामा खटिएका प्रहरीहरुले यस्तो सेवामा पुन रोक लगाएका छन् ।

महामारीको समयमा प्रहरीको घडपकडले इकमर्श सेवाप्रदायकहरु स्पष्ट नीति र मापदण्डको प्रतिक्षामा छन् । ग्राहकले अडर गरेको खण्डमा अत्यावश्यक सामाग्री घरसम्मै पुग्ने र कोरोनाको डरपनि नहुने सेवाप्रदायक कम्पनीहरुको दाबी छ ।

प्रहरी भने प्रसासनले अनुमति दिएपनि नियमको उल्लङ्घन गरेको भन्दै सेवा अवरुद्ध गदै आएका छन् ।

सस्तो डिलका संस्थापक आमुन थापाले स्वास्थ्य मापदण्ड अपनाउँदै सेवा सञ्चालन गर्न दिनुपर्ने बताउँछन् । उनका अनुसार सीडीओ कार्यालयहरूले निषेधाज्ञामा इ–कमर्स सञ्चालन गर्न दिने स्पष्ट निर्देशन नदिँदा अन्योलमा परेका छन् ।

‘के गर्न पाउने, के गर्न नपाउने भन्ने बिषयमा स्पष्ट मापदण्ड नबनाएको हुनाले सेवाप्रदायक समस्यामा परेका छन’ उनले भने ‘होम डेलिभरीका लागी सामाग्री लिएर हिडेपनि प्रहरीले रोक्ने गरेको छ’ ।

अहिले सरकारले निश्चित समयको लागि मात्रै खाद्यान्नका पसल खोल्न दिएको छ । अन्य कुनैपनि पसल तथा सेवालाई सञ्चालन गर्न अनुमति दिएको छैन् । सोमबारको जिल्ला प्रशासनको बैठकले बेलुका समेत पसल खोल्न नदिने निर्णय गरेको छ ।

यस्तो अवस्थामा होमडेलिभरी सेवा प्रभावकारी हुने भएपनि प्रहरीको धरपकडले सेवाप्रदायकले सेवा रोक्न बाध्य भएका हुन ।

घरबाटै आफुले चाहेको समान अडर गरेर सेवा लिन सक्ने होम डेलिभरी सेवा यतिवेला पुर्णरुपमा प्रभावित बनेका छन् ।

दराज, सस्तो डिल, मेट्रो तरकारी, ग्यापु लगाएतका इकमर्श कम्पनीहरुले दिने अत्यावश्यक सामाग्रीको होमडेलिभरी सेवामा रोक लगाइएको छ ।

इकमर्श कम्पनीहरुले लकडाउनमा सामाग्री होमडेलिभरी गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था मिलाएका छन् ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।