प्रशासन र प्रहरीबीच समन्वय नहुँदा लकडाउनमा होम डेलिभरी सेवामा रोक, किन धडपकड गर्छ प्रहरी ?

May 03, 2021 02:51 PM Merolagani



होम डेलिभरी तथा इकमर्श कम्पनी स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउने भनेपनि समन्वयको अभावले होम डेलिभरी सेवा निषेधाज्ञामा प्रभावित बन्न पुगेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकामा लकडाउन गर्नुअघि विभिन्न मापदण्ड बनाउदै इकमर्श कम्पनीहरुलाई अत्यावश्यक सामाग्री होम डेलिभरी गर्न पाउने व्यवस्था मिलाएको थियो ।

तर, प्रशासन , प्रहरी र सेवाप्रदायकबीच समन्वयको अभावले होमडेलिभरी सेवा रोकिएको हो ।

गत बर्षपनि अत्यावश्यक खाद्यान्न तथा तरकारी होमडेलिभरी सेवाप्रदायक कम्पनीहरुलाई धरपकड गरी सेवामा रोक लगाएको थियो । पछि सेवाप्रदायक र प्रशासनको समन्वयमा सेवा सुरु भएको थियो । तर, कोरोनाको दोस्रो लहर फैलिएर उपत्यकामा लकडाउन भएपछि सुरक्षामा खटिएका प्रहरीहरुले यस्तो सेवामा पुन रोक लगाएका छन् ।

महामारीको समयमा प्रहरीको घडपकडले इकमर्श सेवाप्रदायकहरु स्पष्ट नीति र मापदण्डको प्रतिक्षामा छन् । ग्राहकले अडर गरेको खण्डमा अत्यावश्यक सामाग्री घरसम्मै पुग्ने र कोरोनाको डरपनि नहुने सेवाप्रदायक कम्पनीहरुको दाबी छ ।

प्रहरी भने प्रसासनले अनुमति दिएपनि नियमको उल्लङ्घन गरेको भन्दै सेवा अवरुद्ध गदै आएका छन् ।

सस्तो डिलका संस्थापक आमुन थापाले स्वास्थ्य मापदण्ड अपनाउँदै सेवा सञ्चालन गर्न दिनुपर्ने बताउँछन् । उनका अनुसार सीडीओ कार्यालयहरूले निषेधाज्ञामा इ–कमर्स सञ्चालन गर्न दिने स्पष्ट निर्देशन नदिँदा अन्योलमा परेका छन् ।

‘के गर्न पाउने, के गर्न नपाउने भन्ने बिषयमा स्पष्ट मापदण्ड नबनाएको हुनाले सेवाप्रदायक समस्यामा परेका छन’ उनले भने ‘होम डेलिभरीका लागी सामाग्री लिएर हिडेपनि प्रहरीले रोक्ने गरेको छ’ ।

अहिले सरकारले निश्चित समयको लागि मात्रै खाद्यान्नका पसल खोल्न दिएको छ । अन्य कुनैपनि पसल तथा सेवालाई सञ्चालन गर्न अनुमति दिएको छैन् । सोमबारको जिल्ला प्रशासनको बैठकले बेलुका समेत पसल खोल्न नदिने निर्णय गरेको छ ।

यस्तो अवस्थामा होमडेलिभरी सेवा प्रभावकारी हुने भएपनि प्रहरीको धरपकडले सेवाप्रदायकले सेवा रोक्न बाध्य भएका हुन ।

घरबाटै आफुले चाहेको समान अडर गरेर सेवा लिन सक्ने होम डेलिभरी सेवा यतिवेला पुर्णरुपमा प्रभावित बनेका छन् ।

दराज, सस्तो डिल, मेट्रो तरकारी, ग्यापु लगाएतका इकमर्श कम्पनीहरुले दिने अत्यावश्यक सामाग्रीको होमडेलिभरी सेवामा रोक लगाइएको छ ।

इकमर्श कम्पनीहरुले लकडाउनमा सामाग्री होमडेलिभरी गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था मिलाएका छन् ।

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।