सुनको भाउ निरन्तर दोश्रो दिन पनि वृद्धि, यतिमा हुँदैछ काराेबार

May 03, 2021 11:43 AM Merolagani



सुनको भाउ निरन्तर दोश्रो दिन पनि वृद्धि भएको छ । बैशाख २० गते, सोमबार सुन तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि बढेर ८९ हजार ९०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन पनि सुन प्रतितोला १०० रुपैयाँले बढोत्तरी भएर प्रतितोला ९० हजार रुपैयामाँ उक्लेको थियो ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको थियो ।




लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।