एनआईसी एशिया बैंकका ग्राहकहरूलाई अनलाईन किनमेल गर्दा १५ प्रतिशत नगद फिर्ताको योजना

May 03, 2021 11:51 AM Merolagani

काेभिड महामारीकाे अवस्थामा विभिन्न अनलाईन माध्यमहरूले दैनिक रुपमा अत्यावश्यक सामग्रीहरू उपभोक्ताहरूको घरमै डेलिभरी गरिरहेको अवस्थामा एनआईसी एशिया बैंकले (NICA) आफ्ना ग्राहकहरूलाई घरमै बसेर विभिन्न अनलाईनमार्फत २०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रूपैयाँसम्म नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।

बैंकले सस्तोडिल, ग्यापु, रिचार्जर, इन्फि स्टोर र खानपिनबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

यसका लागि ग्राहकहरूले बैंकको कार्डमार्फत ई–कमर्श तथा एइक् भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यू आर भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्नेछन् । साथै, आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आइसर्भ मार्फत सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गर्न सकिनेछ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।