प्रिमियर इन्स्योरेन्सकाे खुद नाफा ५२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

May 03, 2021 12:20 PM Merolagani



प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीको खुद नाफा ५२.०२ प्रतितशले बढेर २८ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १९ करोड ४ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सले ५९ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिमा तलुनानामा ११.४१ प्रतिशतले धेरै हो ।

चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड ३९ लाख रुपैयाँ, बीमा कोषमा ८१ करोड ५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ३ करोड ९९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३५.९४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२०.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.८१ गुणा रहेको छ ।

चालु आर्थिक वर्षको नौ महिनासम्ममा इन्स्योरेन्सले १ लाख २३ हजार ५९९ वटा बीमालेख जारी गरी १ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।




रास्वपाद्वारा समानुपातिकतर्फका ५७ सांसदको नाम टुङ्गो, ४८ जना महिला, को को परे ? (सूचीसहित)

Mar 15, 2026 02:31 PM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुङ्गो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिलासहित ५७ जनाको नाम छनोट गरेको हो।