प्रिमियर इन्स्योरेन्सकाे खुद नाफा ५२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

May 03, 2021 12:20 PM Merolagani



प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीको खुद नाफा ५२.०२ प्रतितशले बढेर २८ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १९ करोड ४ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सले ५९ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिमा तलुनानामा ११.४१ प्रतिशतले धेरै हो ।

चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड ३९ लाख रुपैयाँ, बीमा कोषमा ८१ करोड ५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ३ करोड ९९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३५.९४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२०.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.८१ गुणा रहेको छ ।

चालु आर्थिक वर्षको नौ महिनासम्ममा इन्स्योरेन्सले १ लाख २३ हजार ५९९ वटा बीमालेख जारी गरी १ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।