गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८६ करोड ८५ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क संकलन गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्कमा उल्लेख्य सुधार देखिए पनि खुद नाफा भने २.३ प्रतिशतले मात्रै बढेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ९ करोड ८१ लाख रुपैयाँ कमाएको कम्पनीको खुद नाफा कम्पनीले १० करोड १ लाख रुपैयाँ पुगेको हो ।
चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ कम्पनीको जगेडा कोषमा ४५ करोड ५ लाख, जीवन बीमा कोषमा २ अर्ब ४९ करोड रुपैयाँ र महाविपत्ती कोषमा ५करोड रुपैयाँ सञ्चित छ ।
कम्पनी ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पनि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
यस अवधिमा वार्षिक प्रतिशेयर आम्दानी ९.५४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३५.७५ रुपैयाँ रहेको छ ।
कम्पनीले यस अवधिमा ४० हजार ५३४ वटा बीमालेख जारी गरी १ अर्ब ८९ करोड ५४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै कम्पनीले १९३ वटा दाबी बापत ३४ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ ।