२३ गतेदेखि सबै अन्तराष्ट्रिय उडान पनि बन्द

May 03, 2021 01:23 PM Merolagani



सरकारले आगामी बिहिबारबाट सबै अन्तराष्ट्रिय उडानपनि बन्द गर्ने निर्णय गरेको छ ।

 अाइतवार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न सबै अन्तराष्ट्रिय उडान बन्द गर्ने भएको हो ।

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले आगामी २३ गतेदेखि नै अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

कोरोना भाइरस संक्रमणदरले दिनानुदिन नयाँ रेकर्ड कायम गरेको अवस्थामा त्यसलाई रोक्न सरकारले यस्तो कदम चाल्नुपरेको उनको भनाई ।

त्यस्तै २० गते अर्थात आज राति १२ बजेबाटै लागुहुने गरी अन्तरिक उठानमा समेत रोक लगाइसकेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।